०३ साउन २०८३, आइतबार

मीन भामको ‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट

माघ ९, २०८०
काठमाडौं
मीन भामको ‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट

मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धातर्फ छनोट भएको छ । 

विश्व प्रतिष्ठित उक्त फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो । सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बर्लिन फिल्म फेस्टिभलको लाइनअपको घोषणालाई देखाउँदै पोस्टरसमेत सार्वजनिक गरिएको छ । 

‘शाम्बाला’ले उच्च हिमाली गाउँकी एक गर्भवती महिलाले हराएका श्रीमान खोज्दाको कथा प्रस्तुत गर्छ ।

मीन र अविनाश विक्रम शाह लिखित फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको हो । ‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कार्म लगायतको अभिनय छ । 


यो फिल्म बन्न ८ वर्ष लागेको निर्माण टिमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्