×

NMB BANK
NIC ASIA

‘हात्तीछाप’बारे सौगात र उपासना – फिल्मले २ घण्टा पूर्ण मनोरञ्जन दिन्छ

काठमाडाैं | माघ ९, २०८०

NTC
Premier Steels

मल्टिस्टारर नेपाली फिल्म हो – हात्तीछाप, जुन यही माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । 

Muktinath Bank

फिल्मलाई लिएर यसका मुख्य कलाकारहरू अभिनेता सौगात मल्ल र अभिनेत्री उपासना सिंह ठकुरी उत्साहित देखिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चारकर्मीसँग कुरा गर्दै यी दुईले फिल्मले दर्शकलाई २ घण्टा पूर्ण रुपमा मनोरञ्जन दिने बताए । 


Advertisment
Nabil box
Kumari

फिल्ममा सौगात मल्ल ‘बोत्तल राजा’को भूमिकामा छन् । फिल्मका लागि सौगातले कपाल पनि लामो पालेका थिए । उनले भने –‘हामीले राम्रो फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दिने कोसिस गरेका छौँ । यसका लागि फिल्मका सबै टिमको मिहिनेत निकै छ । आशा छ, दर्शकले यो फिल्मलाई मन पराउनुहुनेछ ।’ 

Vianet communication

फिल्म ‘२ नम्बरी’मा एकसाथ काम गरेपछि नायकद्वय दयाहाङ राई र सौगात मल्लको साथमा नायिका उपासना सिंह ठकुरीले ‘हात्तीछाप’मा काम गरेका हुन् । उपासना पनि फिल्मलाई लिएर निकै नै आशावादी देखिइन् । फिल्मले सामाजिक कथावस्तुलाई उठाएको उनको भनाई छ । उपासनाले भनिन्–‘म फिल्मको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु । यसपटक पनि कथा पढ्दा मज्जा लागेको थियो । यसमाथि, दया र सौगात दाई भएपछि फिल्ममा यसै रमाइलो भइहाल्छ ।’ 

फिल्म ‘२ नम्बरी’मा उपासना र सौगातको प्रेम देखाइएको थियो । यसपटक भने, दया र उपासनाको प्रेम देखाइएको छ । यो विषयमा उपासनाले भनिन् –‘यो फिल्ममा दया दाई र मेरो ल्वाङ गाउँको अग्र्यानिक प्रेमकथालाई प्रस्तुत गरिएको छ । दर्शकले, दया दाई र मेरो जोडीलाई पनि मन पराउनुहुन्छ भन्ने लागेको छ ।’ 

फिल्मका निर्देशक सिमोस सुनुवारसँग काम गर्न निकै सहज भएकाले पनि नयाँ–नयाँ कुराहरू फिल्ममा आफैले जोड्न पाएको सौगातले सुनाए । ‘सिमोसजीसँग काम गर्न त एकदमै सजिलो थियो । उहाँलाई यसो गरौँ भन्ने बित्तिकै गर्न पाइने । यसैले, केही संवादहरू मैले आफै थपेको छु । निकै रमाइलोसँग काम गर्यौँ’ सौगातले सुनाए । 

फिल्ममा भुकम्पको कथा पनि उठाइएको उपासनाले खुलासा गरेकी छन् । उनले भनिन् –‘हाम्रो फिल्मले समाजमा भइरहेको घटनालाई नै प्रस्तुत गरेको छ । कतिपय कुराहरू हामीले देखेर पनि वेवास्ता गरिरहेका हुन्छौं, ती विषय फिल्ममा छन् । यस्तै, फिल्मले भुकम्पको कथालाई पनि उठान गरेको छ । समसामयिक विषयलाई रोचक तरिकाले उठान गरिएकाले हात्तीछाप विशेष छ ।’ 

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा एकातर्फ कलाकारहरूको जम्बो टिम छ । अर्कातिर, यो फिल्मको टिजरले दर्शकको माया पाइसकेको छ । निर्माणपक्षले ट्रेलर पनि सार्वजनिक गर्ने तयारी गरेको छ । 

मंसिरदेखि चिसिएको नेपाली फिल्मको व्यापारलाई यसले चलायमान बनाउने अपेक्षा निर्माण टिमको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x