२३ असार २०८३, मंगलबार

मुख्यमन्त्रीका दावेदार बिष्ट गुल्मीबाट प्रतिनिधि सभाका लागि सिफारीस

कात्तिक २०, २०७४
मुख्यमन्त्रीका दावेदार बिष्ट गुल्मीबाट प्रतिनिधि सभाका लागि सिफारीस

गुल्मी, असोज १९ - नेकपा एमालेका सचिव एवम सांसद गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्वर २ बाट प्रतिनिधीसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । एमाले जिल्ला कमिटी गुल्मीले दिएको जानकारी अनुसार पूर्वमन्त्री समेत रहेका बिष्ट सो क्षेत्रबाट एकल सिफारिसमा परेका हुन् ।

दोस्रो संविधानसभामा अत्यधिक बहुमतले विजयी विष्टलाई ५ नम्वर प्रदेशको मुख्यमन्त्रीको दावेदारको रुपमा समेत चर्चा गरिएको छ । लोकप्रिय नेताको छवि बनाएका विष्टले मुख्यमन्त्रीको टिकट पाउने आंकलनका बीच उनको नाम केन्द्रिय संसदका लागि सिफारिस गरिएको छ ।

एमालेको मोर्चा विभाग प्रमुख समेत रहेका नेता विष्टले मुख्यमन्त्री हुने विषयमा औपचारिक धारणा भने सार्वजनिक गरेका छैनन् । ‘म पार्टीले दिने जुनसुकै भूमिकाका लागि तयार छु’ विष्टले भने, ‘पार्टीको आधिकारिक निर्णय आउन दिनुहोस् ।’

यता, प्रदेश र प्रतिनिधीसभा चुनावका लागि माओवादी केन्द्र र नयाँ शक्ति नेपालसँग तालमेल गरेको एमालेले ५ नम्वर प्रदेशको मुख्य मन्त्रीको टिकट आफैसँग राख्छ या अरु दललाई दिन्छ त्यो हेर्न बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्