×

NMB BANK
NIC ASIA

व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्यो : राष्ट्र बैंक

काठमाडाैं | माघ ९, २०८०

NTC
Premier Steels

व्यक्तिगत बैंक खाताबाट व्यावसायिक प्रकृतिका कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ ।

Muktinath Bank

आज सार्वजनिक भएको नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआइयू नेपाल)को प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका व्यावसायिक कारोबारमा संस्थागत वा व्यावसायिक खाताबाट नभई व्यक्तिगत खाताबाट रकम लेनदेन गरेर कर छली हुने गरेको देखिएको हो । ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एफआइयू नेपालको वार्षिक प्रतिवेदन २०२२/२३ अनुसार सन् २०२० जनवरीदेखि सन् २०२२ डिसेम्बरसम्म विश्लेषण गरिएका शङ्कास्पद कारोबारमध्ये ३७ प्रतिशत कारोबारमा व्यावसायिक प्रकृतिका कामका लागि व्यक्तिगत बैंक खाता प्रयोग भइरहेको देखिएको छ ।


Advertisment
Nabil box
Kumari

यसरी व्यावसायिक प्रकृतिको कारोबारमा व्यक्तिगत बैंक खाता प्रयोग भएर गरिने शङ्कास्पद लेनदेनको सङ्ख्या मासिक औसत ६५ वटा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । 

Vianet communication

‘यो प्रकृतिको शङ्कास्पद कारोबार भनेर वित्तीय जानकारी एकाइमा आउनेमध्ये ४८ प्रतिशत स्वामित्व व्यवसायसँग सम्बन्धित, ३३ प्रतिशत प्राइभेट लिमिटेडसँग सम्बन्धित र १९ प्रतिशत व्यवसाय कस्ता प्रकृतिका कम्पनी हुन् भन्ने खुलेको छैन’, प्रतिवेदनमा भनिएको छ, ‘क्षेत्रगत रुपमा व्यापार, उत्पादन, होटल तथा रेष्टुराँ, ट्राभल, मेडिकललगायतका क्षेत्रमा यस्तो कारोबार बढी भइरहेको छ ।’

एउटै व्यवसायको कारोबारका लागि धेरैवटा बैंक खाता प्रयोग हुने गरेको पनि देटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यसरी व्यावसायिक कारोबारमा व्यक्तिगत खाता प्रयोग हुनेमा कम्पनीका सञ्चालक, शेयरधनी, परिवारका सदस्य तथा कर्मचारी बढी हुने गरेको प्रतिवेदनमा औंल्याइएको छ ।

वित्तीय जानकारी एकाइले दुई सय चार मामलाको अध्ययन तथा विश्लेषण गरेकामा एक सय १३ मामलालाई थप अध्ययन तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग तथा आन्तरिक राजस्व विभागमा पठाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार ती मामलामा शङ्कास्पद कारोबार भएको रकम रू १२ अर्ब बराबर रहेको छ ।

कर छलीका लागि व्यावसायिक कारोबारमा व्यक्तिगत बैंक खाता प्रयोग गरिनुलाई गम्भीर समस्याका रुपमा औंल्याउँदै प्रतिवेदनले यस्तो कार्य रोक्नका लागि सबै नियामक र सरोकारवाला निकायले भूमिका खेल्नुपर्ने सुझाव दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x