०४ असार २०८३, बिहीबार

मुम्बई आकाशेपुल दुर्घटना : फूल खस्यो भनेको गलत बुझेर भागदौड भएको हो ?

कात्तिक २०, २०७४
मुम्बई आकाशेपुल दुर्घटना : फूल खस्यो भनेको गलत बुझेर भागदौड भएको हो ?

काठमाडौं, १९ असोज — भारतको मुम्बईस्थित एल्फिन्स्टन रलेवे स्टेसनको आकाशेपुलमा गत हप्ता भएको भागदौडमा २३ जनाको मृत्यु भएको थियो । तर अहिलेसम्म पनि घटनाको वास्तविक कारणका बारेमा थाहा हुन सकेको छैन ।


घटनाकी एक प्रत्यक्षदर्शी युवतीले जाँच टोलीलाई बताएअनुसार, कसैले मराठीमा भन्यो, ‘फूल पडला (फूल खस्यो)’ । तर त्यहाँ उपस्थित व्यक्तिहरूले पुल खस्यो भन्ने सुने अनि केही सेकेन्डभित्रै भागदौड मच्चियो ।

शिल्पा विश्वकर्मा नामक ती युवतीले रेलवेका मुख्य सुरक्षा अधिकारीको नेतृत्वमा बनेको तीन सदस्यीय जाँच दलसमक्ष यो बयान दिएकी हुन् ।

उनले भनिन्, ‘म सिँढीहरूको मध्यभागमा थिएँ । माथिबाट पनि तलबाट पनि दबाब आइरहेको थियो । पानी परेका कारण मानिसहरू स्टेसन बाहिर गइरहेका थिएनन् । मानिसहरू नवरात्रिका लागि तयार भएर बसेकाले भिज्न चाहँदैनथिए । भीडमा एउटा फूलवाला चिप्लियो र चिच्यायो, फूल खस्यो । त्यहाँका मानिसहरूले चाहिँ पुल खस्यो भन्ने सुने अनि जम्मै भाग्न थाले ।’

भागदौडमा शिल्पा पनि लडिन् । उनलाई पनि केही मानिसले कुल्चिए । तर एक मानिसले उनलाई एकातिर तानेर बचाए । दुर्घटनामा शिल्पाका हात, गोडा र पेटमा चोट लागेको छ ।

शिल्पाका अनुसार, जुन मानिसले उनको ज्यान बचायो ऊ आफैं दुर्घटनामा मारियो ।

अनुसन्धान टोलीले यस घटनामा २० भन्दा बढी प्रत्यक्षदर्शीको बयान लिइसकेको छ । तीमध्ये चारजनाले शिल्पाको दाबीलाई पुष्टि गरेका छन् ।

यात्रीहरूले दुर्घटनाको भिडियो उतारेका थिए र अनुसन्धान टोलीले त्यसको पनि जाँच गरिरहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्