२३ असार २०८३, मंगलबार

वायुसेवा निगमले सिनामंगलमा अत्याधुनिक भवन बनाउने

माघ १३, २०८०
काठमाडौं
वायुसेवा निगमले सिनामंगलमा अत्याधुनिक भवन बनाउने

नेपाल वायुसेवा निगमले काठमाडौंको सिनामंगलमा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ । सिनामंगलस्थित निगमकै जग्गामा बन्ने केन्द्रीय कार्यालय भवन निर्माण स्थलको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको उपस्थितिमा भूमिपूजन गरिएको हो ।

null

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भूमिपूजन कार्यक्रममा मन्त्री किराँतीसहित कार्यकारी अध्यक्ष युवराज अधिकारी, निगमको सञ्चालक समिति सदस्य किशोर प्रधान, वरिष्ठ क्याप्टेन सुधिर शमसेर राई र अमृतमान श्रेष्ठ, निगम व्यवस्थापनका उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति थियो । 

कार्यक्रममा बोल्दै मन्त्री किराँतीले भवन निर्माणपछि निगमको प्रगति थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे । 

त्यस्तै, सञ्चालक समिति सदस्य प्रधानले निगमको व्यावसायिक हित र सम्पत्तिहरूको उचित उपयोग तथा व्यवस्थापनमा सधैं सहयोग रहने बताए ।

null

कार्यकारी अध्यक्ष अधिकारीले करिब ३५ रोपनी क्षेत्रफलको जग्गामा सुविधा सम्पन्न, अत्याधुनिक र नेपालको मौलिकता झल्कनेगरी ऐतिहासिक भवन तथा संरचना निर्माण गरिने बताए । 

निगमका अन्य २३ स्थानमा रहेका घरजग्गा तथा संरचनाहरूको विस्तृत अध्ययनगरी संरक्षण गर्ने र आम्दानी वृद्धि हुनेगरी उचित व्यवस्थापन गरिने उनले बताए ।

बहुवर्षीय योजनाअन्तर्गत निगमको केन्द्रीय कार्यालय भवन निर्माण गरिने प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्