०६ असार २०८३, शनिबार

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्रीबीच भेटवार्ता

माघ १३, २०८०
काठमाडौं
एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्रीबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शनिवार दिउँसो एमालेको मुख्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा भेटवार्ता भएको हो ।

null

उनीहरूबीच नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्बन्धलाई राम्रो बनाउनेबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए ।

उनका अनुसार पार्टी अध्यक्ष ओलीले विगतमा चिनियाँ कम्युनिस्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

null

उपमन्त्री सुन हायानले पनि दई देशबीच उच्च राजनीतिक तहमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी एमाले विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिए ।​

उपमन्त्री हायान नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रवार नेपाल भ्रमणमा आएकी हुन् ।​

null

null

 

salt training

कमेन्ट गर्नुहोस्