२० असार २०८३, शनिबार

भोलिदेखि धरहरामा निःशुल्क पार्किङ

माघ १३, २०८०
काठमाडौं
भोलिदेखि धरहरामा निःशुल्क पार्किङ

काठमाडौं महानगरपालिकाले धरहरासँगै निर्माण भएको पार्किङ खुला गर्ने भएको छ ।​

​न्यूरोडमा क्षेत्रमा पार्किङ निषेध गरेसँगै सुनधारामा बनेको पार्किङ खुला गर्न लागिएको हो ।

धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार काठमाडौं टावरमा पनि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । त्यसबाहेक धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र पनि निःशुल्क पार्किङ उपलब्ध हुने पाण्डेले बताए ।

गएको दशैंदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । 

संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो । 

salt training

कमेन्ट गर्नुहोस्