०६ साउन २०८३, बुधबार

प्रमुख पार्टीका नेताहरूले जनतालाई गुमराहमा राखेको आरोप

माघ १३, २०८०
काठमाडौं
प्रमुख पार्टीका नेताहरूले जनतालाई गुमराहमा राखेको आरोप

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रमुख पार्टी र तिनका नेताहरूले देशलाई लुट्ने र जनतालाई गुमराहमा राख्ने काम गरिरहेको आरोप लगाएका छन् । 

शनिवार राजधानीमा आयोजितकार्यक्रममा बोल्दै  उनले  देशको बागडोर सम्हालेका नेताहरूले देशलाई निकास दिन नसकेको दाबी गरे । 
जनतालाई विकास र समाधान दिनुको साटो खोक्रा आश्वासन दिन दलहरू उद्धत रहेको भन्दै यसले जनतालाई भ्रमित गर्नुबाहेक केही पनि उपलब्धि हासिल हुन नसक्ने बताए । जनतालाई भ्रमित बनाउनकै लागि दलहरूले संवाद यात्रा, सङ्कल्प यात्रा, मेची महाकाली यात्रा र रूपान्तरण अभियान चलाएको उनको आरोप छ । ‘त्यो सबै जनतालाई भ्रमित बनाउन चलाइएका अभियान हुन्’, उनले भने, ‘देशले विकास खोजिरहेको बेला विकास लानुपर्ने होइन ? युवा बेरोजगार छन् रोजगार दिनुपर्ने होइन र  ? प्रमुख दलहरूको क्रियाकलापले भ्रम छर राज गर भन्ने भनाइ सिद्ध भएको छ ।’
 
उनले जनताले गरिबीबाट मुक्ति र स्वदेशमै रोजगारी चाहेको भन्दै यावत समस्या समाधान गर्ने दायित्व सत्तामा रहेका दल र सरकारकै भएको बताए । 

युवाहरूको भविष्य बिगार्ने नेताहरुनै भएको आरोप लगाउँदै उनले भन, ‘हामी चाहन्छौँ यो दलका ठेकदारहरूलाई कुर्सीबाट हटाउनुपर्छ ।’

आम जनता पार्टीको उपत्यका समन्वय कमिटीद्वारा काठमाडौँमा माघ २० गते हुने भ्रष्टाचार विरुद्धको मोटरसाइकल र्‍यालीको तयारी सम्बन्धमा आज उपत्यकाको विभिन्न स्थानमा भेला एवं अन्तरक्रियाहरू सम्पन्न भएको सो पार्टीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्