०९ साउन २०८३, शनिबार

अमेरिकी नेतृत्वको गठबन्धनका विषयमा इराक र अमेरिकाबीच वार्ता शुरू

माघ १४, २०८०
काठमाडौं
अमेरिकी नेतृत्वको गठबन्धनका विषयमा इराक र अमेरिकाबीच वार्ता शुरू

बगदाद–इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न पहिलो चरणको वार्ता शनिबार शुरू गरिएको इराकी सरकारले जनाएको छ।

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले जारी गरेको विज्ञप्तिमा उनले वरिष्ठ इराकीहरू उपस्थित भएको बैठकको अध्यक्षता गरेको तस्विर प्रकाशित गर्दै पहिलो चरणको वार्ताको शुरू भएको उल्लेख  गरेका छन् । 

बिहीवार इराकले इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनको मिसनको अन्त्यबारे छलफल गर्न उच्च सैन्य आयोग गठन गर्न संयुक्त राज्य अमेरिकासँग सहमत भएको जनाएको छ।

इराकले उल्लेख गरेको छ, ‘आयोगले इस्लामिक राज्यद्वारा उत्पन्न खतराको मूल्याङ्कन गर्ने र इराकी सुरक्षा बलहरूको क्षमताहरूको मूल्याङ्कन गर्नेछ ।’  इराकमा अन्तर्राष्ट्रिय गठबन्धन सल्लाहकारहरू क्रमशः घटाउने र गठबन्धनको सैन्य अभियानको अन्त्यको लागि स्पष्ट समयतालिका तयार गर्ने  विषय पनि अगाडि सारिएको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्