
किगाली– पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।
रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रवार साँझ डुङ्गा दुर्घटना भएको हो । किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली काटेर रवामागाना जिल्ला जाँदै गर्दा डुङ्गा पल्टिएको बताइएको छ ।
डुङ्गामा ४६ जना यात्रु रहेका थिए । शनिवार बिहानसम्म ११ जनाको शव निकालिएको छ भने ३१ जनाको उद्धार गरिएको जिल्लाका मेयर रदजब म्बोन्युमुवुनीले पत्रकारहरूलाई जानकारी दिएका छन् ।
अझै चार जनाको खोजी जारी छ । एमबोन्युमुवुनीले दुर्घटनाको कारण ओभरलोड भएको बताएका छन् ।
किसानहरू बाली स्याहारेर फर्किएकाले डुङ्गामा मकै, सिमीलगायतका कृषि उपजको भारी रहेको उनले बताएका छन् ।