१० साउन २०८३, आइतबार

नेतृत्वमा उमेरको हदबन्दी हटाउने एकीकृत समाजवादीको तयारी

माघ १४, २०८०
काठमाडौं
नेतृत्वमा उमेरको हदबन्दी हटाउने एकीकृत समाजवादीको तयारी

नेकपा (एकीकृत समाजवादी)ले दोस्रो राष्ट्रिय परिषद्को बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने भएको छ ।

पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएकाले प्राथमिकता राखिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीको विधान हेरफेर गर्न भोलिदेखि काठमाडौंमा हुने परिषद् बैठकमा छलफल गर्ने उद्देश्यले पार्टी निकट सबै कमिटीबाट सुझाव सङ्कलन गरेको हो ।

विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान संशोधन गर्न आग्रह गरिएको छ । 

आइतवारदेखि दुई दिनसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चल्ने उक्त परिषद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने बैठकस्थल सजाइएको छ भने प्रतिनिधिको खाने, बस्नेलगायत आवश्यक व्यवस्थापन पूरा भएको छ ।

बैठकको समाचार प्रचारप्रसारका लागि सूचना सङ्कलन केन्द्र, सहभागी प्रतिनिधिको परिचयपत्र व्यवस्थापन, सुरक्षा व्यवस्थाका लागि स्वयंसेवकको व्यवस्था गरिएको बैठकको लोगो सार्वजनिक गरिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुहुने बैठकले विधान संशोधन गरेपछि त्यसलाई अनुमोदन गरिने छ । नयाँ विधानका आधारमा आगामी जेठमा पार्टीले काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्