२८ जेठ २०८३, बिहीबार

विधान हेरफेर गर्न आजदेखि एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन

माघ १४, २०८०
काठमाडौं
विधान हेरफेर गर्न आजदेखि एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । विधान हेरफेर गर्न सो पार्टीले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेकोहो । 

सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष माधव कुमार नेपालले बिहान साढे ११ बजे प्रज्ञा भवन कमलादीमा गर्नेछन् ।  काठमाडौँमा दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ ।

एकीकृत समाजवादीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्