
चितवनमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका १६ शिवघाटबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ००३ प ८६२४ नम्बरको जिपले बा प्र ००१ च ११९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार ४१ वर्षीय मधुसूदन खत्री छन् ।
मोटरसाइकलको पछाडि सवार उनकी छोरी १५ वर्षीया अपेक्षा खत्रीको दुवै खुट्टामा चोट लागेको छ । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
ठक्कर दिने सवारी चालक र जिपलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।