२३ असार २०८३, मंगलबार

डा.गोविन्द केसी द्वारा १३ औं पटक अनसन शुरु

कात्तिक २०, २०७४
डा.गोविन्द केसी द्वारा १३ औं पटक अनसन शुरु

काठमाडौं, १९ असोज– विभिन्न ४ बुँदे माग राख्दै डा. गोविन्द केसीले बिहीबारबाट १३ औं पटक अनशन सुरु गरेका छन् ।
व्यवस्थापिका संसदमा छलफलको क्रममा रहेको चिकित्सा शिक्षा विधेयक माथेमा कार्यदलको प्रतिवेदन अनुसार संशोधन हुनुपर्ने, सरकारले तोकेको भन्दा बढि शुल्क लिने काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामाकण्ठ मकाजू र डिन डा राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्ने माग राख्दै डा. केसीले विहीबार साँझ ५ बजेबाट अनशन थालेका हुन् ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्यान अध्यापन सुरु गर्ने गरी बजेट निकासी गर्नुपर्ने, कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम छिटो अगाडी बढाउनु पर्ने र डडेल्धुरा, उदयपुर, पाँचथर, इलाम,धनुषा महोत्तरी लगायतका जिल्लामा सरकारी मेडिकल खोल्ने प्रक्रिया अगाडी बढाउन उनको माग छ ।
अनशन सुरु गर्दै डा. केशीले माफियासँग मिलेमतो गरेर अरबौँ रकम चलखेल गरेको भन्दै उनीहरुलाई बर्खास्त गर्न माग समेत गरे ।

salt training

कमेन्ट गर्नुहोस्