
काठमाडौं, १९ असोज — शीतयुद्धका बेलामा अमेरिका र सोभियत संघ एकअर्काका शत्रु थिए । अमेरिकाको सीआईए र सोभियत संघको केजीबी खतरनाक जासूस तथा जासूसी तरिकाका लागि बदनाम थिए ।

जासूसीका अनेकौं तरिकामध्ये जुत्ताको फित्ता बाँधेर सन्देश पठाउनु पनि थियो ।
अलिकति पृष्ठभूमिमा जाऔं । अमेरिकी नेतृत्वको पूँजीवादी देश र सोभियत संघ नेतृत्वको साम्यवादी मुलुकहरूको समूह लामो समयसम्म एकअर्काका अघोषित शत्रु बनिरहे । दुवै देशका जासूसहरू संसारभरि सक्रिय थिए ।
त्यतिखेर सीआईएले जासूसीको नयाँ तरिका जान्नका लागि एक व्यावसायिक जादूगर जोन मल्हल्यान्डलाई नियुक्त गरियो । मल्हल्यान्डले सीआईएका लागि दुईवटा म्यानुअल तयार पारेका थिए । त्यो म्यानुअल सन् १९७३ मा नष्ट गरिएको थियो । तर यसको एक प्रति सीआईएको अर्काइभमा खोजियो ।
त्यही किताबमा जुत्तामार्फत सन्देश पठाउने तरिका पनि सिकाइएको छ । सीआईएका एजेन्टहरू यसलाई धेरै प्रयोग गर्थे ।

माथिको चित्रमा देखाएजसरी जुत्ताको लेस बाँध्दा ‘मसँग सूचना छ’ भन्ने अर्थ लाग्थ्यो ।

यो चित्रले चाहिँ ‘मलाई पछ्याऊ’ भन्ने संकेत दिन्थ्यो ।

अनि यसले चाहिँ ‘मसँग अर्को मान्छे पनि छ’ भन्ने अर्थ दिन्थ्यो ।
एजेन्सी