३० असार २०८३, मंगलबार

संसदीय दलको नेता परिवर्तनको निर्णय सच्याउन निर्देशन

माघ १४, २०८०
कैलाली
संसदीय दलको नेता परिवर्तनको निर्णय सच्याउन निर्देशन

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशको बैठकले प्रदेशसभा, संसदीय दलको नेता परिवर्तन गरिएको निर्णय सच्याउन निर्देशन दिएको छ ।

सो पार्टीका प्रदेश अध्यक्ष हरि चौधरीको अध्यक्षतामा शनिबार बसेको प्रदेश समितिका उपलब्ध पदाधिकारी बैठकपछि सार्वजनिक गरिएको परिपत्रमा पार्टी परम्परा, विधि, विपरीत केन्द्रीय कार्यालयको निर्देशन समेतको अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजगता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने खतरा हुने भएकाले संसदीय दलको निर्णय अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको उल्लेख छ ।  

नौवटै जिल्लाका इन्चार्ज÷संयोजकको नाममा सार्वजनिक गरिएको परिपत्रमा दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दल नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति पदाधिकारीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । 

सुदूरपश्चिम प्रदेशसभा, नेकपा (माओवादी केन्द्र) संसदीय दलका असन्तुष्ट बहुमत (छजना) सदस्यको बैठकले दुई दिनअघि दलको नेता परिवर्तन गर्दै मानबहादुर धामीलाई नेता चयन गरेका थिए ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) दुई मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा सम्मिलित छ ।  त्रिपन्न सदस्यीय प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ११ सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्