
काठमाडौं, १९ असोज - एमाले, माओवादी र नयाँ शक्ति निकट विद्यार्थी संगठनले सँगसँगै अघि बढ्ने बताएका छन् । केन्द्रमा पार्टी एकिकरणको बहस सुरु भएसँगै यी तीन सँगठनले पनि आउँदो निर्वाचन र त्यसपछिका दिनमा पनि सँगसँगै अघि बढ्ने बताएका हुन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियु अध्यक्ष नविना लामा, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र नयाँ शक्ति विद्यार्थी संघका अध्यक्ष श्यामबाबु गौतमले आफूहरु एकै ठाउँमा रहेको बताएका हुन् ।