
नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बूढानीलकण्ठमा चार्जिङका क्रममा गाडी जलेर नष्ट भएको विषयमा पछिल्लो समय आएका समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।
विद्युत सर्ट भई आगलागी भएको कुरा यसअघि नै जानकारी गराई सकेको पारामाउन्ट मोटर्सले पछिल्लो समय फेरि भ्रम फैलाउनेगरी आएका समाचार आएको भन्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो ।
कम्पनीले पीडित ग्राहकसँग वास्तविक कुरा बाहिर नल्याउने सहमति भएको भन्ने व्यहोराको कुनै पनि सहमति/सम्झौता नभएको समेत स्पष्ट पारेको छ । 'विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा उक्त गाडी धनीको भनाइ उदृतगरी सम्प्रेषण भएको समाचारले हामीलाई पुनः ध्यानाकर्षण भएकोमा उक्त गाडी धनीले नै उक्त समाचारमा सत्यता नभएको सम्बन्धमा आफ्नो फेसबुकबाट जानकारी गराएको कुरा जानकारी गराउँदछौँ,' विज्ञप्तिमा भनिएको छ, 'प्रकाशित समाचारमा कम्पनीले विज्ञप्ति निकाल्ने समयमा तार शर्ट भएको भन्ने र पीडित युवकले वास्तविक कुरा बाहिर नल्याउने सहमति भएको थियो भन्ने व्यहोराको सम्बन्धमा यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा ग्राहकसँग कुनै पनि सहमति/सम्झौता नभएको समेत स्पष्ट पार्न चाहन्छौं ।'
गाडीमा आगलागी भएको एक महिना बितिसक्दा पनि कम्पनीले क्षतिपूर्ति नदिएको भन्ने विषयमा समेत कम्पनीको आधिकारिक व्यक्तिबाट क्षतिपूर्ति दिने कुनै पनि प्रतिबद्धता व्यक्त नगरिएको कम्पनीले जनाएको छ ।
यस्तो छ कम्पनीको विज्ञप्ति