
निर्माणको तयारीमा रहेको फिल्म ‘पिताम्बर’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ ।
‘ऐंचो पैंचो’ निर्देशक तथा निर्मात्री कृषा चौलागाईंले बनाउन लागेको यो फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, सुरक्षा पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, दिव्यदेव र कामेश्वर चौरासिया अनुबन्ध भएका छन् ।
कृषा स्वयंको निर्देशन रहने फिल्मको निर्मातामा उनका भाइ विशाल चौलागाईं छन् । केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मसँग सहकार्य गरेर ‘पिताम्बर’ निर्माण गर्न लागेको हो । यही माघ अन्तिमबाट छायांकन सुरु हुने भनिएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।
फिल्म एक्सन जनरामा निर्माण हुन लागेको बतााइएको छ ।
