१६ असार २०८३, मंगलबार

दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री

माघ १५, २०८०
काठमाडौं
दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।

बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी दिइएको छ ।

प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने  काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्