
विशेष अदालत काठमाडौंले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराउने गुनीकाजी मानन्धरसहित ७ जनालाई १ करोड २७ लाख १० हजार ३१२ रुपैयाँ ५० पैसा जरिवानाको सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको सोमवारको इजलासले मानन्धरसहित ७ जनालाई जरिवानाको फैसला गरेको हो ।
विशेषले गुनीकाजीसहित योशेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिन मानन्धर र उज्ज्वल मानन्धरलाई उक्त बिगो रकमको दामासाहीले १८ लाख १५ हजार ७५८ रुपैयाँ ९३ पैसा जरिवाना हुने ठहर गरेको हो ।
ललितपुर महानगरपालिका २८ र २३ स्थित सिलौटेमा पर्ने कर्मनासा खोला र आसपासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दाका अन्य प्रतिवादीलाई भने विशेषले सफाइ दिएको छ ।