०२ असार २०८३, मंगलबार

आफ्ना मन्त्रीलाई बर्खास्त गरे यस्तो छ माओवादीको तयारी

कात्तिक २०, २०७४
आफ्ना मन्त्रीलाई बर्खास्त गरे यस्तो छ माओवादीको तयारी
काठमाडौं, २० असोज- प्रधानमन्त्री शेरबहादुर देउवामाथि सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका मन्त्री हटाउन दबाब परेको छ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश सदस्यले प्रधानमन्त्री देउवालाई माओवादी मन्त्री हटाएर मात्र मन्त्रिपरिषद् बैठक डाक्न दबाब दिएका छन् । कांग्रेस अगुवाइको लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूले बुधबार सरकारलाई साथ दिने आश्वासन दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यसम्पादन समिति बैठकमा नेताहरूले माओवादी मन्त्री हटाउन प्रधानमन्त्रीलाई दबाब दिएका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ।deuba_Prachanda-
सरकारमा सामेल माओवादीले एमालेसँग चुनावी तालमेल तथा पार्टी एकीकरणसम्मको सहमति गरेपछि उसलाई सरकारबाट हटाउनुपर्ने विषयमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूबीच बुधबार छलफल भएको थियो । माओवादीलाई सरकारबाट हटाउँदा बहुमत कायमै रहने सुनिश्चितता रहेकाले निर्वाचन आयोगलाई जानकारी दिएर सरकार पुनर्गठनको गृहकार्यमा लाग्न कांग्रेस बैठकका सहभागीले देउवालाई सुझाएका थिए ।

माओवादी मन्त्री हटाउनुपर्ने दबाबपछि देउवा मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार साना दललाई सरकारमा समेटेर मन्त्रिमण्डल पुनर्गठनको तयारीमा छन् । माओवादीलाई हटाएपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने तयारी देउवाको छ । आफ्ना मन्त्रीलाई बर्खास्त गरे माओवादीले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले दुई दिन चलेको कार्यसम्पादन समिति बैठकमा बोल्ने सदस्यले माओवादी मन्त्रीलाई हटाउन सुझाव दिएको जानकारी दिए । लोकतान्त्रिक गठबन्धनमा आबद्ध ६ दलमध्ये कांग्रेसको २०७, राजपा २५, लोकतान्त्रिक फोरम १८, राप्रपा १९, राप्रपा (प्रजातान्त्रिक) १८, संघीय समाजवादी फोरम १५ गरी कुल ३०२ सांसद छन् । केही साना दलको समर्थन रहेको तथ्यांकसमेत बैठकमा राखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्