
डेरा सच्चा सौदा प्रमुख गुरमीत रामरहीमकी धर्मपुत्री हनीप्रीत इन्सा तथा उनका सहयोगी सुखदीप कोलाइ हरियाणा प्रहरीले बिहीबार बठिंडा लगेको छ । जहाँ आधा घण्टा उनीसँग सोधपुछ गरिएको थियो । तर हनीप्रीतले प्रहरीलाई सहयोग गरिनन् ।
अब हरियााण प्रहरीले हनीप्रीतलाई लाइडिटेक्टर टेस्ट गर्ने तयारी गरेको छ । यता हनीप्रीतको एक तस्वीर सार्वजनिक भएको छ, जहाँ उनी प्रहरी चौकीको लकअपमा बसेकी छिन् ।
हनीप्रीतलाई प्रहरीले ३८ दिनपछि पञ्चकुला अदालतमा पेश गरेको थियो । जहाँ उनलाई ६ दिने प्रहरी हिरासतमा पठाइएको छ ।

हनीप्रीत बलात्कारी बाबा रामरहीको धर्मपूत्री हुन् । उनलाई केही वर्षमात्र रामरहीमले धर्मपुत्री बनाएका थिए ।
तर बाबा र हनीप्रीतबीच अप्राकृतिक सम्बन्ध रहेको भारतीय सञ्चार माध्यमहरुले बताएका थिए ।
रामरहीम पक्राउ परेको बेला देखि अदालतमा पेश गर्दा सम्म उनी छायाँ जस्तै बाबासँगै थिइन् । तर त्यसपछि उनी हराएकी थिइन् । हनीप्रीतलाई खोज्न प्रहरीले लामो प्रयास गर्न परेको थियो ।

हनीप्रीतसँग बाबाले यौन सम्बन्ध राख्ने गरेको हनीका पूर्व पतिलेसमेत बताइसकेका छन् । हनीलाई डेरा सच्चा सौदाको वारिषको रुपमा लिइएको छ ।