२३ असार २०८३, मंगलबार

७६औं स्वतन्त्रता दिवस मनाउँदै श्रीलङ्का, ७ सय ५४ कैदीले पाए राष्ट्रपतिबाट माफी

माघ २१, २०८०
काठमाडौं
७६औं स्वतन्त्रता दिवस मनाउँदै श्रीलङ्का, ७ सय ५४ कैदीले पाए राष्ट्रपतिबाट माफी
फाइल फोटो

श्रीलङ्काले आइतवार आफ्नो ७६ औं स्वतन्त्रता दिवस सैन्य परेडकस साथ मनाएको छ। 

राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफ्नो स्वतन्त्रता दिवसको सन्देशमा देश र विदेशमा रहेका सम्पूर्ण श्रीलङ्कालीहरूलाई देशको पुनर्निर्माणमा आफ्नो पूर्ण ऊर्जा लगाउन आह्वान गरेका छन् ।​

विक्रमासिङ्घेले थुप्रै अवरोध र चुनौतीका बाबजुद पनि सरकारले अर्थतन्त्रलाई स्थायित्वतर्फ लैजान लागेको बताएका छन् ।

व्यापक, दीर्घकालीन राष्ट्रिय पुनर्निर्माण कार्यक्रमलाई ध्यानमा राख्दै कठिनाइहरू सहने नागरिकहरूको अटल समर्थनका कारण श्रीलङ्काले चुनौतीहरूलाई क्रमशः पार गरिरहेको उनको भनाइ छ।

उनले वर्तमान आर्थिक पुनरुत्थान र समृद्धिको बाटोमा लागिरहन पनि जनतालाई आग्रह गरे ।

यसैबीच सो अवसरमा सात सय ५४ कैदीले राष्ट्रपतिबाट विशेष माफी पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्