
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासनबाट मात्र नागरिक सन्तुष्ट हुने भएकाले सुशासनसहितको विकासमा जोड दिएका छन् ।
नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको समुदायमा कांग्रेस अभियान कार्यक्रममा तथा प्रतिनिधि सभा सदस्यसमेत रहेका पौडेलले यस्तो बताएका हुन् ।
विकास–निर्माणका कामबाट मात्र नागरिक सन्तुष्ट नहुने भएकाले सुशासनसहितको विकास उनीहरूले खोजेका उनको भनाइ थियो ।
‘मुलुकमा व्यवस्था परिवर्तन भयो, भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक विकास पनि भयो, मानव विकास सूचकाङ्कमा पनि सुधार भयो तर सुशासन कायम हुन नसक्दा नागरिकमा व्यापक असन्तुष्टि छ’, नेता पौडेलले भने ।
उनले विकास–निर्माण योजनालाई अलपत्र पार्ने निर्माण व्यवसायी र सहकारीको रकम हिनामिना गर्नेहरूमाथि कठोर कारबाही हुनुपर्नेमा उनले जोड दिए ।