०६ असार २०८३, शनिबार

ठमेलमा मृत भेटिए चिनियाँ पर्यटक

माघ २१, २०८०
काठमाडौं
ठमेलमा मृत भेटिए चिनियाँ पर्यटक

काठमाडौंको ठमेलमा एक पर्यटक मृत फेला परेका छन् ।

मृत्यु हुनेमा ४७ वर्षीय चिनियाँ नागरिक बाओ ग्वाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमुध ढुङ्गेलले जानकारी दिए ।

प्रहरी उपरीक्षक ढुङ्गेलका अनुसार शनिवार साँझ मृत भेटिएका ग्वाङ यही माघ १० गतेदेखि ठमेलको नेपालय होम होस्टेलमा बस्दै आएका थिए । उनलाई कोठामा सुतिरहेको अवस्थामा मृत फेला परिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।

शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको ढुङ्गेलले जानकारी दिए ।

घटनास्थलमा कुनै प्रमाण फेला नपरेकाले मृत्युको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्