
जसपाको कायैशैलीप्रति असन्तुष्टि जनाउँदै एक जना मधेश प्रदेश सदस्य प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेका छन् । पार्टी भ्रष्टाचारले अपमानित, बदनाम र दुर्गन्धित भएको ठहर सहित जसपा पार्टीका मधेश प्रदेश सदस्य विभा साह आजपामा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
यसैगरी लोसपा जिल्ला सदस्य सावित्री देवी चौधरी, नेकपा माओवादी केन्द्रका महिला नेत्री देवकुमारी सेन्चुरी र जनमुक्ति सेनाका सरस्वती तामाङ पनि आजदेखि विधिवत रुपमा आम जनता पार्टीमा गोलबन्द भएको अध्यक्ष प्रभु साहले जानकारी दिए ।
उनीहरुलाई साहले साहले पार्टीमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए । आजपाले भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ ।