
नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।
मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । 'मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ,’ उनले लेखेकी छन् ।
उनले फिल्मको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन् ।
मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् ।