
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सोमबारका लागि बोलाइएको छ । आजै दिउँसोदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनका अघि पार्टीको बैठक बस्न लागेको हो ।
बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बिहान ८ः ३० बजे बस्न लागेको हो । । बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत उपस्थित हुने कार्यक्रम छ ।
हिउँदे अधिवेशनको पार्टीका तर्फबाट रणनीति तय गर्न बैठक बोलाइएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।