०४ साउन २०८३, सोमबार

फिल्म ‘सिटामोल’मा यस्तो देखिँदै सौगात र बेनिशा

माघ २२, २०८०
काठमाडौं
फिल्म ‘सिटामोल’मा यस्तो देखिँदै सौगात र बेनिशा

निर्माण भइरहेको फिल्म ‘सिटामोल’का शीर्ष पात्रको लुक्स सार्वजनिक भएको छ । 

सिन्धुलीमा छायांकन भइरहेको फिल्मको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको तस्वीर सार्वजनिक भएको हो । 

फिल्ममा यी दुई कलाकार ग्रामीण दम्पतीको रुपमा देखिने अनुमान तस्वीरबाट गर्न सकिन्छ । तस्वीरमा अभिनेता मल्ल हातमा वैशाखी र भाले बोकेर बेनिशासँग उभिएका छन् भने बेनिशाले काखमा बच्चा लिएकी छन् । 

राजबहादुर सानेको निर्देशनमा बनिरहेको फिल्मको ५० प्रतिशत छायांकन सकिएको जनाइएको छ ।

सौगात र बेनिशाले यसअघि ‘झ्यानाकुटी’ फिल्ममा स्क्रिन सेयर गरेका थिए ।

नेपाली समाजको वास्तविक घटनालाई ‘सिटामोल’ फिल्मले चित्रण गर्ने निर्देशक सानेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्