१७ असार २०८३, बुधबार

संसद्‌ बैठक : अब क्यालेन्डर बन्ने, सांसद उपस्थितिको विवरण वेबसाइटमार्फत सार्वजनिक हुने​

माघ २२, २०८०
काठमाडौं
संसद्‌ बैठक : अब क्यालेन्डर बन्ने, सांसद उपस्थितिको विवरण वेबसाइटमार्फत सार्वजनिक हुने​

संसद् बैठक प्रभावकारी रुपमा चल्न नसकेपछि कार्य व्यवस्था समितिले प्रतिनिधि सभा बैठकको लागि कार्यतालिका लागू गर्ने निर्णय गरेको छ ।

आजदेखि शुरू हुने तेस्रो अधिवेशनदेखि प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू गर्ने निर्णय कार्य व्यवस्था परामर्श समितिको बैठकले गरेको हो । 

बैठकले विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । 

मन्त्री र सांसदको कम उपस्थितिले बैठक नै नबस्ने, प्रभावकारी छलफल नहुने भएपछि सांसद्‌को उपस्थितिको विवरण वेबसाइटमार्फत सार्वजनिक हुने भएको हो । 

संसदको गत अधिवेशनको १८० दिनमा एउटा मात्रै विधेयक पास भएको थियो । 

‘प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा माननीयहरूको उपस्थिति र सहभागितालाई सहज हुने अपेक्षा गरेको छु । गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरू उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणामुखी बनाउन अपिल गर्दछु’, सभामुख देवराज घिमिरेले भने, ‘हाम्रो उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गरौं । माननीयहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो ।’

कानून मन्त्री धनराज गुरुङले धेरै गृहकार्य पछि कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको जानकारी दिए । 

‘धेरै गृहकार्य गरेर सम्माननीय सभामुख र संसद सचिवालयले कार्यतालिका लागू गर्ने अवस्थामा पुगेका छौं । बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्नेछ’, गुरुङले भने ।

salt training

कमेन्ट गर्नुहोस्