२४ असार २०८३, बुधबार

भारतको उत्तर प्रदेशमा कार दुर्घटना, ५ जनाको मृत्यु

माघ २२, २०८०
काठमाडौं
भारतको उत्तर प्रदेशमा कार दुर्घटना, ५ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा कार दुर्घटना हुँदा चार बालबालिकासहित कम्तीमा ५ जनाको मृत्यु भएको छ ।​

कानपुर जिल्लामा वर्षा र कुहिरोका कारण दृश्यतामा कमी आउँदा सडक दुर्घटना भएको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक निरीक्षणपछि सोमवार बताएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका दुई किशोरलाई स्थानीयले उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरेका छन् । 

छिमेकी राज्य मध्य प्रदेशमा विवाह पूर्वको समारोहबाट फर्किरहेका उनीहरूको गाडी  दुर्घटनामा परेको थियो । 

उत्तर भारतका धेरै भागहरूमा विगत केही दिनदेखि बिहानको समयमा बाक्लो कुहिरो लागिरहेको छ ।   यसले हवाई, रेल र सडक यातायातमा प्रतिकूल प्रभाव पारेको छ ।

उत्तर भारतका पहाडी राज्यहरू हिमाचल प्रदेश र उत्तराखण्डका केही क्षेत्रहरूमा शनिवारदेखि हिमपात भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्