
मुगुको खत्याड गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ ।
खत्याड गाउँपालिका–२ गाडेखोलामा गएराति आगलागी हुँदा एउटै घरका दाजुबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रकाशसिंह कार्कीले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा १४ वर्षीय विशाल सञ्ज्याल र १२ वर्षीया झरना सञ्ज्याल छन् ।
सूचना अधिकारी कार्कीका अनुसार लालु सञ्ज्यालको घरमा आगलागी भएको हो । विशाल र झरनासँगै उनकी श्रीमती पनि सोही घरमा बस्दै आएकी थिइन् । उनी भने सकुशल छिन् ।
लालु भने रोजगारीकाे सिलसिलामा भारतमा रहेका प्रहरीले जनाएको छ ।
भान्सा कोठाबाट शुरू भएको आगलागीले घरमा रहेको धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।