१६ असार २०८३, मंगलबार

१५ वर्षअघि हराएका दीपक भेटिए, आफन्त भेटिएनन्

माघ २३, २०८०
काठमाडौं
१५ वर्षअघि हराएका दीपक भेटिए, आफन्त भेटिएनन्

१५ वर्षअघि घरबाट निस्किएका एक युवा भेटिएका छन् । दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुर घर बताउने दीपक चौधरी भेटिएको प्रहरीले जनाएको छ । उनले हाल आफ्नो उमेर १८ वर्ष बताउने गरेका छन् । 

तर, उनले घर र आफन्त भने भेटाएका छैनन् । उनले आमाको नाम गीता चौधरी र बाजेको नाम गोपाल चौधरी भएको बताउने गरेको प्रहरीको भनाइ छ । 

कसैले चिनेमा सम्पर्क गर्न जिल्ला जिल्ला प्रहरी कार्यालय दाङले आग्रह गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्