१५ असार २०८३, सोमबार

चिनियाँ जहाज खरिद गर्न प्रस्ताव नआएपछि पुनः टेन्डर आह्वान

माघ २३, २०८०
काठमाडौं
चिनियाँ जहाज खरिद गर्न प्रस्ताव नआएपछि पुनः टेन्डर आह्वान

नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाज बिक्री गर्न पुन: टेन्डर आह्वान गरेको छ । पहिलो सूचनाअनुसार टेन्डर नपेरपछि २ वटा एमए ६० र ३ वटा वाई १२ जहाज​ बिक्री गर्न निगमले पुनः टेन्डर आह्वान गरेको हो । 

निगमले गत डिसेम्बर २१ मा पहिलो सूचना जारी गरेको थियो । तोकिएको अवधि ४ फेब्रुअरीसम्म खरिद प्रस्ताव नआएपछि निगमले मंगलबार फेरि टेन्डर आह्वान गरेको हो ।

जहाज खरिद गर्न फेब्रुअरी २४ सम्म नेपाल एअरलाइन्स कर्पोरेसनको काठमाडौं कान्तिपथस्थित कार्यालयमा सिल्ड टेन्डर कागजात बुझाउन भनिएको छ । 

चीनबाट ऋण र अनुदानमा आएका २ वटा एमए ६० र ३ वटा वाई १२ जहाज अहिले ग्राउन्डडेड छन् ।

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्