
फिल्म ‘ऊनको स्वीटर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
आर्टमाण्डुको प्रस्तुति रहेको फिल्मको सोमवार सार्वजनिक पोस्टरमा शीर्ष कलाकारहरू अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरलाई देख्न सकिन्छ ।
पोस्टरले फिल्मको थिम दर्शाउँछ । अभिनेता विपिनले ऊनको स्वीटर लगाएका छन् भने अभिनेत्री मिरुनालाई परम्परागत पहिरनमा पेस गरिएको छ ।
नवीन चौहानको निर्देशित फिल्मको गत असारमा शीर्ष गीतसँगै निर्माणको घोषणा गरिएको थियो ।
फिल्मको कथा पनि निर्देशक चौहानले नै लेखेका हुन् । फिल्ममा विपिन र मिरुनासहित माओत्से गुरुङ, परिक्षा लिम्बु, एलेक्स पारस, अनिल सुब्बा लगायतको अभिनय रहनेछ । फिल्म २०२४ भित्रै प्रदर्शनमा ल्याउने आर्टमाण्डुले जनाएको छ ।
आर्टमाण्डुले निर्माण गरेका म्युजिकल फिल्मलाई दर्शकले निकै रुचाउँदै आएका छन् ।