
अपेक्षाअनुसार राजस्व संकलन हुन नसक्दा सरकारी खाता घाटामा गएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको वर्तमान आर्थिक र वित्तीय स्थितिको प्रतिवेदनले सरकारी खाता ७० अर्बले घाटामा गएको देखाएको हो ।
आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको तथ्यांकले सरकारी खाता घाटामा गएको देखाएको हो ।
२०८० पुससम्ममा नेपाल सरकारको खर्च ५ खर्ब ६६ अर्ब ६२ करोड देखिएको छ भने राजस्व परिचालन जम्मा ४ खर्ब ९६ अर्ब ५० करोड छ ।
सोधनान्तर स्थिति २ सय ७३ अर्ब ५२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
विदेशी विनिमय सञ्चिति १८१६ अर्ब ५७ करोड र अमेरिकी डलरमा १३ अर्ब ६९ करोड रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।