१८ असार २०८३, बिहीबार

लहानका किसानले फलाए रंगिन काउली: हेर्नेको भीड, पाँच गुणा बढी मूल्य

माघ २४, २०८०
सिरहा
लहानका किसानले फलाए रंगिन काउली: हेर्नेको भीड, पाँच गुणा बढी मूल्य

सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाएका छन् । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक काउली हेर्न अहिले मानिसहरूको घुइँचो नै लाग्न थालेको छ । 

उनले भने, 'सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले थिएँ ।  स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाएँ । परीक्षणका लागि पाँच धुर जग्गामा लगाएँ,' उनले भने, 'राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।'

उनले  एक किलोसम्मको काउली फलाएका छन् । 'यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पुर्याउनसाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,' किसान साहले भने, 'आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।'

उनले सोमबार मात्र १६ किलो काउली प्रतिकिलो दुई सय दरले बिक्री गरेका थिए । 

    खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उहाँले जानकारी दिनुभयो । “सबैतिर यस काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ । अहिले हेरिसकेपछि मनै आनन्दित भयो ।” प्रधानाध्यापक कुशेश्वर यादवले भन्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्