
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्दा बस्ने ठूला दलको सर्वदलीय बैठक दलित र मुसहर बस्तीमा गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले कसैलाई जोगाउन होइन नागरिकको पक्षमा काम गर्न सर्वदलीय बैठक राख्न माग गरेका हुन् । ‘भ्रष्टाचारका फाइल जब खुल्नछन् । ठूला दलको सर्वदलीय बैठक बस्ने गरेका छन्’ लामिछानेले भने, ‘एउटा सर्वदलीय बैठक आज बैठकबाट घोषणा गरौं । भ्रष्टाचारका फाइल खुल्दा नियुक्तिका लागि होइन । बूढानीलकण्ठ, खुमलटार, बालकोटको बार्दलीमा पनि होइन दलित मुसहर बस्तीमा सर्वदलीय बैठक बसौं ।’
उनले मुख्य ५ वटा विषयालाई आधार बनाउँदै यस्तो बैठक बस्नुपर्ने माग गरेका हुन् । आर्थिक शिथिलताविरुद्ध प्रोजेक्ट होपको नाममा कर्जाको रूप र आन्तरिक र बाह्य लगानी, संरचना, सहकारीपीडितको पैसा फिर्तासहितका विषयमा केन्द्रित हुनुपर्ने उनले बताए ।
सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सबै जनप्रतिनिधिको सम्पत्ति सार्वजनिक गर्न, रुग्ण भौतिक आयोजना व्यवस्थित बनाउन, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको नीति मन्थन गर्न र क्षमता बढाउन माग गरेका छन् । त्यस्तै परराष्ट्र ममिलामा सत्तापक्ष र विपक्षी नभनीकन समानता, आर्थिक कुटनीतिम क्षमता विस्तार गर्नेसहितका विषयमा छलफल गर्न माग गरेका हुन् ।