१२ असार २०८३, शुक्रबार
विनोद चौधरीबारे संसद्मा उठ्यो कुरा

बाँसबारी जग्गा प्रकरणमा : विनोद चौधरी संलग्न रहेको भन्दै संसदमा मागियो कांग्रेसको जवाफ

माघ २४, २०८०
काठमाडौं
बाँसबारी जग्गा प्रकरणमा : विनोद चौधरी संलग्न रहेको भन्दै संसदमा मागियो कांग्रेसको जवाफ

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) प्रेम सुवालले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीको संलग्नता रहेको बताएका छन् । यस सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न उनले कांग्रेसको ध्यानाकर्षण गराए । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद सुवालले उद्योगीको भेषमा चौधरी ग्रुपले बाँसबारीको जग्गा हडपेको सम्बन्धमा कांग्रेसको धारणा माग गरेका हुन् ।  

‘उद्योगी व्यापारीको भेषमा चौधरी ग्रुपका अरुण चौधरीले  तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा हत्याएको र सो विषयमा यस संसद्का सदस्य (विनोद चौधरी) समेतको संलग्नता भएको हुनाले सम्बन्धित दल नेकाले स्पष्ट पार्न अनुरोध गर्दछु,’ सुवालले भने । 

बाँसबारीको जग्गा हत्याउनका लागि खडा गरिएको च्याम्पियन फूटवेरको शेयर सदस्य विनोद चौधरीको सम्बन्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत छानबिन गरिरहेको छ । 

बुधबार नै कांग्रेस महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्नेलाई कारबाही गर्नुपर्ने बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्