२६ जेठ २०८३, मंगलबार

गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्युु

माघ २४, २०८०
अछाम
गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्युु

अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना  बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ । 

आज साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिए । दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्