२४ असार २०८३, बुधबार

भाटभटेनीका मालिकले छत्रमानलाई सम्धी भेटमा दिएका थिए १४ लाखको घडी

कात्तिक २०, २०७४
भाटभटेनीका मालिकले छत्रमानलाई सम्धी भेटमा दिएका थिए १४ लाखको घडी
काठमाडौं, २८ पुस–केही दिन यता एउटा महंगो घडीले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ ।

प्रवलमान सिंह गुरुङ, जसको करिब १४ लाख रुपैयाँ पर्ने घडी हरायो, जसको आरोप लाग्यो कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडालाई । जसका कारण पनि घडीको विषय चर्चामा रह्यो । प्रवल पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङका छोरा हुन् ।

सामाजिक सञ्जालमा चोरी गरेको भन्दै आलोचना भएपछि सांसद खतिवडाले पत्रकारसम्मेलन गरेर आफूलाई ज्यूँदै मार्न खोजेको बताए । उनले आफूलाई फसाउनका लागि प्रपोगाण्डा मच्चाएको आरोप लगाए ।
घडी हराएका प्रवलले आज एक विज्ञप्ति जारी गर्दै घडी चोरीमा सांसद रामहरि खतिवडाको नाम जोडिएको दुःख व्यक्ति गरे । खतिवडाको आत्मसम्मान र सामाजिक प्रतिष्ठामा चोट पुगेकोमा अफसोस जनाएका छन् ।

कहाँबाट आयो घडी

१४ लाखको घडी प्रकरणपछि नेपालमा महंगा सामानको प्रयोग हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
चर्चामा रहेको उक्त घडी गुरुङले उपहारमा पाएको प्रवल आफैंले जनाएका छन् ।

१४ लाख मूल्य पर्ने रोलेक्स घडी छत्रमानसिंह गुरुङलाई २०६६ माघ २७ गते सम्धी भेटका क्रममा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले दिएका थिए ।
बाबु छत्रमानलाई उपहारमा दिइएको घडी प्रवलले लगाउँदै आएको थिए । प्रवल वेलायतमा घरजग्गा कारोबार सम्बन्धि कम्पनीमा कार्यरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्