०१ असार २०८३, सोमबार

टिपरको ठक्करबाट अनुसन्धानका पूर्व अधिकारीको मृत्यु

माघ २५, २०८०
बारा
टिपरको ठक्करबाट अनुसन्धानका पूर्व अधिकारीको मृत्यु

टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको मृत्यु भएको छ । 

मोटरसाइकलमा बारा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका उनलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बुधबार साँझ बडहर्वा चोकमा ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

कलैया उपमहानगरपालिका–७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालै सेवा निवृत्त भएका थिए । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएर फरार त्यसका चालकको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्