२६ जेठ २०८३, मंगलबार

सरकार फेरबदलबारे माधव नेपाल- प्रधानमन्त्री परिवर्तन गर्ने बेला भएको छैन

माघ २५, २०८०
काठमाडौं
सरकार फेरबदलबारे माधव नेपाल- प्रधानमन्त्री परिवर्तन गर्ने बेला भएको छैन
फाइल तस्वीर

नेकपा ( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री परिवर्तन गर्ने समय नभएको बताएका छन् । नेपाली कांग्रेसका केही नेताहरूले पूर्वसहमतिअनुसार अब नेकपा (एस)का अध्यक्ष नेपाल प्रधानमन्त्री हुनुपर्ने अभिव्यक्ति सार्वजनिक भइरहेको सन्दर्भमा नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै पदमा रहनुपर्ने बताए । 

बुधबार संसद् बैठकपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारहरूसँग कुरा गर्दै नेता नेपालले भने, 'अब सरकारले आगामी आवका निम्ति नीति तथा कार्यक्रम अनि बजेट तयार गर्नुपर्ने भएकाले प्रधानमन्त्री परिवर्तनको विषय सार्वजनिक गर्ने उपयुक्त समय होइन । प्रचण्डजी नै प्रधानमन्त्री रहनुपर्छ ।'

salt training

कमेन्ट गर्नुहोस्