
क्यानडाविरुद्धको तीन ओडीआई सिरिजअन्तर्गतअन्तर्गत पहिलो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरूप क्यानडाविरुद्ध सिरिजको आयोजना गरेको हो । आजको खेलमा स्पीनर सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् ।
देव खनाल, हेमन्त धामी, आकाश चन्द्र र अनिल साह बेन्चमा छन् ।
सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो ।
नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।