×

NMB BANK
Dabur

आलेख

समुदायको प्रश्न: के वर्तमान सरकार हाम्रै हो ?

काठमाडाैं | माघ २५, २०८०

NTC
Premier Steels

यतिबेला कांग्रेसले चलाएको 'समुदायमा कांग्रेस' अभियान (पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनका कारण हाललाई स्थगित) चर्चामा छ । चर्चामा यस कारणले छ कि राजनीतिक दलहरू पालैपालो यस्ता अभियानमा जुट्ने क्रममा एमाले, माओवादी, समाजवादीपछि कांग्रेसको पालो आएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेताहरू पार्टीको जिम्मेवारी लिएर विभिन्न स्थानमा खटिएका छन् । त्यसमध्ये समुदायमा कांग्रेस अभियानको अङ्गका रूपमा पार्टीका महामन्त्री गगन थापाको 'समुदायसँग सम्वाद'नामक विशेष अभियान समेत जारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसलाई मेची-काली अभियान समेत भनिएको छ (यो पनि केही दिनका लागि स्थगित भएको छ ) । प्रदेश–प्रदेशमा अन्य नेताहरूको अनुगमन चलिरहेको छ । जिल्ला–जिल्लामा कार्यक्रम सुचारु छन् (हाल सबै स्थगित ) । राजनीतिक दलका यी प्रयासहरू राम्रै हुन् । तर, यस्ता अभियानका क्रममा कुन दल र नेताले सत्य बोलिरहेका छन् भन्ने कुरा मुख्य हो । दलका नेताहरू आ-आफ्नै दलको व्यक्तिगत र ऐतिहासिक घटनाक्रमको बखान मात्रै गरिरहेका छन् कि आफ्ना कमीकमजोरी पनि स्वीकार्दै छन्, प्रश्न यहाँनिर छ ।


Advertisment
SBL

बारम्बार शासनमा पुग्दा भएका कमजोरी स्वीकार नगरी वा स्वआलोचित नभई थप कुरा मात्र गर्नु कति सार्थक र औचित्यपूर्ण होला, समयक्रममा समीक्षा होला नै । वर्षौंदेखि देशको तालाचावी दलहरूलाई जिम्मा लगाएर बसेका इमान्दार नेपाली जनतालाई आफ्नो सत्कर्मले आश्वस्त पार्न सफल हुन नसकेका नेताहरूले रामराज्य ल्याउने सपना बाँड्दा कति विश्वसनीय होला थाहा छैन, तर सचेत जनताले सुक्ष्मरूपमा अवलोकन गरिरहेका छन् । तसर्थ अभियानका क्रममा यसको हेक्का राखेको राम्रो हो । र, जनतासामु सत्य बोल्ने हिम्मत गर्नु दलहरूका लागि श्रेयस्कर पनि हो । आफ्ना कमजोरी स्वीकार्दै जनसमक्ष उभिँदा दलको प्रतिष्ठा घट्दैन ।

Vianet communication
Laxmi Bank
हामीले आजसम्म गरेका सबै काम ठीक थिए भनेर एकोहोरो भट्याइरहने हो भने दलप्रति मात्र होइन, वर्तमान प्रणाली नै खतरामा पर्न सक्छ । दलहरूको कमजोरी राजनीतिक व्यवस्थाकै कमजोरीमा परिणत हुन जान्छ । यस मामिलामा कांग्रेस सबैभन्दा बढी सचेत हुनुपर्छ ।

विगतमा सम्पादित कार्यहरूको वस्तुनिष्ठ समीक्षा गर्दै गल्ती कमजोरी स्वीकार गर्दा राजनीतिक दलहरूको कद घट्दैन बरु दलप्रतिको वितृष्णा कम भएर जान्छ । र, थोरै आशा पलाउन सक्छ । हामीले आजसम्म गरेका सबै काम ठीक थिए भनेर एकोहोरो भट्याइरहने हो भने दलप्रति मात्र होइन, वर्तमान प्रणाली नै खतरामा पर्न सक्छ । दलहरूको कमजोरी राजनीतिक व्यवस्थाकै कमजोरीमा परिणत हुन जान्छ । यस मामिलामा कांग्रेस सबैभन्दा बढी सचेत हुनुपर्छ ।

समुदायमा कांग्रेस अभियानको क्रममा देखिएको सरकार र राजनीतिक दलहरूप्रतिको जनआक्रोश र गुनासो स्वतस्फूर्त छ । हरेक राजनीतिक संघर्षमा अब्बल पुरानो राजनीतिक दल नेपाली कांग्रेससँग ठूलो अपेक्षा गरेर बसेका नेपाली जनता मध्ये सिन्धुली जिल्ला कमलामाई नगरपालिकाको वडा नं. ७ को पुरानो माझीटार र हालको बुद्धनगरमा कार्यक्रममा सहभागीहरूको धारणाले समग्र जिल्लाको अवस्थालाई दर्शाउँछ ।

सुनकोशी गाउँपालिकाको दुम्जा र गोलञ्जोर गापाको ग्वालटारमा अभिव्यक्त जनभावना आधारभूत रूपमा एकै छन् । समस्याका चाङ अग्लिदै गएका छन् । सडक निर्माण होस् वा खानेपानी ट्याङ्की निर्माण, वर्षौंदेखि अधुरै छन् । जनप्रतिनिधि र पार्टीबीच समन्वयको अभाव छ । स्थानीय सरकार र मतदाताबीच नियमित संवाद छैन ।

विकासमा प्राथमिकता निर्धारण छैन । सीमित साधन स्रोत छ र बजेट कनिका छरेजस्तो छर्ने गरिएको छ । दिगो र परिणाममुखी विकासमा अधिकांशको ध्यान देखिँदैन, यसले हामीलाई कहाँ पुर्‍याउँछ ? अभियानको कार्यक्रममा सहभागी धनमाया दाहाल हुन् या दीपमाला घिसिङ, टीका कुँवर हुन् वा पार्वती थापा, हुतराज बम्जन हुन् वा रामकुमारी आले, शिवबहादुर थापा हुन् वा तुलसीराम श्रेष्ठ, सबैको गुनासो, तर्क र सुझाव उपयुक्त र जायज छ ।

हामीले नै मत दिएर बनेको सरकार के हाम्रै हो ? हाम्रो लागि के गर्दैछ सरकार ? ५ वर्षमा एउटा पनि गतिलो काम गर्नु पर्दैन ? यस्तै लथालिङ्ग पारा देखाउनलाई हामीले जिताएको हो ? अब यो भन्दा के भन्ने जनताले ? यति भनिसकेपछि सरकार र पार्टीहरूले बुझ्नुपर्छ कि पर्दैन ? यहाँको जनभावना सुन्दा नेपाली कांग्रेसले स्थानीय, प्रदेश र केन्द्र सरकारमा बसेका पार्टीका नेतालाई जनआकांक्षाबमोजिम काम गर्न तुरुन्तै अभिप्रेरित गर्नसक्नु पर्छ । र, जिम्मेवारीमा बसेका नेताहरूले अवलम्बन गरेको हालसम्मको परम्परागत कार्यशैली तुरुन्तै बदल्नु पर्छ । खास गरी स्थानीय सरकारमा बसेका जनप्रतिनिधिहरूसँग समन्वय गरी कार्यसम्पादनको गुणस्तरमा उल्लेखनीय सुधार गर्नुपर्छ । नत्र सेवा प्रवाहबाट रिसाएका मतदाताले आगामी निर्वाचनमा मत नदिन सक्छन् ।

मानव इतिहासमा भएका अनेकौं संघर्षहरूमध्ये राजनीतिक संघर्षलाई प्रमुख मानिन्छ, जसले राज्यको भौगोलिक, सामाजिक तथा आर्थिक संरचनालाई नै उथलपुथल पारेका छन् र जनचाहना मुताबिक फेरेका छन् । नयाँ देश बनाउन सक्ने, शासन प्रणाली नै परिवर्तन गर्न सक्ने, संविधान नै फेर्न सक्ने र आवश्यक पर्दा देशको नक्सा नै बदल्न सक्ने सामर्थ्य र हैसियत भएको राजनीति मात्र हो । राजनीति देशको गजुर हो । अरू सबै क्षेत्र राजनीतिका अङ्ग हुन् । यसको आत्मबोध नेपालका राजनीतिक दलका नेताहरूलाई हुनुपर्छ । राजनीतिका माध्यमबाट राष्ट्रको सर्वतोमुखि विकास गर्ने आफ्नो ऐतिहासिक अठोट बिर्सिंदा नेपाल र नेपालीले धेरै दुःख पाए । यथास्थिति कायम रहने हो भने नेपाल र नेपालीले अझै लामो समयसम्म दुःख पाउने निश्चित छ ।

जब कुनै पनि देशको सरकारको मुख्य प्राथमिकता कसरी सरकारमा टिकिरहने र टिकिरहने मात्रै बन्छ, तब हामीले स्पष्ट बुझ्नुपर्छ कि राष्ट्र कल्याणको कुनै गुञ्जायस छैन । अहिले हामी यस्तै नियति भोग्न अभिशप्त छौं । गत आमनिर्वाचनमा बनाइएको राजनीतिक दलहरूको चुनावी गठबन्धनले हासिल गरेको परिणाम चित्तबुझ्दो थिएन, किनभने उम्मेदवार छनोटमा दलका नेताहरूको विवेक पुर्‍याउन सकेका थिएनन् । त्यसैले चुनावी परिणाम गतिलो आएन । तथापि शुरूमा भत्किएर पछि साबिक गठबन्धनकै सरकार बन्यो र अहिलेसम्म चलिरहेको छ ।

हुन त २०४६ सालपछि आजसम्म प्रजातन्त्रका दुईटै मोडलमा (राजासहितको प्रजातन्त्र र हाल) दर्जनौं सरकार बने, जसको यकिन संख्या भन्न गाह्रो छ । र, ती सरकारहरूले के-के गरे, हाम्रा सामुन्ने नै छ । देशले सही बाटो र विकासको गति पक्रन सकेन, जसका कारण झण्डै पाँच वर्ष तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनभार हत्याए र राजनीतिक दलहरू कै अगुवाइमा लोकतन्त्रको पुनःस्थापना भयो । र, अन्ततः देशमा गणतन्त्रमा गयो ।

विगत झण्डै साढे तीन दशकका दौरानमा सत्ता सञ्चालनमा प्रदर्शित दलहरूको कमजोर योग्यता टिठलाग्दो छ । ३० वर्षे दलविहीन पञ्चायती कुशासनको विकल्पमा स्थापित बहुदलीय शासन प्रणालीमा देखिएको अव्यवस्था र बेथिति दलहरूकै सत्ता स्वार्थ र अकुशलताको परिणाम थियो । यो वास्तविकतालाई दलहरूले निशंकोच स्विकार्न सक्नुपर्छ ।

राष्ट्र निर्माणको अठोट भएको भए दलहरूले गल्ती गर्ने थिएनन् । त्यसअवधिमा दलका निम्ति सत्ता, पद र निजी प्रतिष्ठाबाहेक जनता र मुलुकको हितलाई उच्च प्राथमिकतामा राखिएको भए आजको अवस्था आउने थिएन । त्यस कालखण्डमा दल विशेषका नेताहरूले आफूलाई राष्ट्र निर्माणमा समर्पित गर्न सकेनन् भन्न कुनै संकोच मान्नुपर्दैन । जे जति विकास भयो, कछुवा गतिमा भएको छ र साह्रै अपर्याप्त छ ।

यति लामो समयमा हुनुपर्ने विकास न्यून र नगन्य हो । सरकारद्वारा बेलाबेलामा सार्वजनिक गरिने विकासको तथ्यांक र प्रगति विवरण यसै पनि निराशाजनक छँदैछ, अन्तर्राष्ट्रिय संस्थाहरूले बनाएका प्रतिवेदनमा समेत नेपालको अवस्था नाजुक र टीठलाग्दो देखिन्छ, त्यसैले अहिले राजनीतिक दलका प्रमुख नेताहरू जनतासँग प्रत्यक्ष आँखा जुधाएर संवाद गर्ने ल्याकत राख्दैनन् । यतिबेला नेपाली जनमानसबाट गम्भीर प्रश्न उठेको छ, के हामीले बनाएका सरकारहरू हाम्रै लागि काम गरिरहेका छन् त ? के हामीले बनाएको सरकारले गर्नुपर्ने यही हो ? के यही शैलीको निरन्तरताले राष्ट्रले काँचुली फेर्न सक्छ त ? जनताले तिरेको कर कहाँ जाँदैछ ? सदुपयोग हुँदैछ या छैन ? नेपाली जनताले यी प्रश्नहरूको समुचित जवाफ खोजेका छन् ।

के हामीले बनाएको सरकारले गर्नुपर्ने यही हो ? के यही शैलीको निरन्तरताले राष्ट्रले काँचुली फेर्न सक्छ त ? जनताले तिरेको कर कहाँ जाँदैछ ? सदुपयोग हुँदैछ या छैन ? नेपाली जनताले यी प्रश्नहरूको समुचित जवाफ खोजेका छन् ।

कुनै पनि समाजको सुरक्षा, सुधार र समुन्नतिमा राजनीतिले प्रमुख तथा निर्णायक भूमिका खेल्छ भनेर माथि नै चर्चा भइसक्यो । र, त्यस्तो राजनीतिको केन्द्रीय तत्व भनेको जनता हो । जनतालाई सर्वोपरि मानेर गरिने राजनीति नै प्रजातान्त्रिक वा लोकतान्त्रिक राजनीति हो । कतिपय राजनीतिक दर्शन वा सिद्धान्तले राजनीतिमा जनताको सर्वोपरि महत्त्व र स्थानको कुरा गरे पनि प्रदर्शित व्यवहारले त्यस्तो मान्यतालाई खारेज गरिदिएको छ । यस्ता उदाहरण खोज्न धेरै टाढा जानुपर्दैन । यतिखेर नेपालको राजनीतिमा कांग्रेस, कम्युनिस्टलगायत विभिन्न दलहरूको प्रभुत्व छ । त्यसो त कम्युनिस्ट दर्शन आफैंमा मानवतावादी दर्शन होइन भन्ने कुरा इतिहाससिद्ध छँदैछ ।

संसारलाई एउटा खास वर्गको अधिनस्थ राख्ने सिद्धान्त बोकेको कम्युनिस्ट पार्टी मानवतावादको पृष्ठपोषक हुन सक्तैन । त्यसैले नेपालका प्रचलित कम्युनिस्टहरूको बोली र व्यवहारमा आकाशजमिनको अन्तर देखिन्छ । उनीहरू भन्दिन्छन् एकथोक, गर्छन् अर्कैथोक । यसको प्रमाण नेपालका कम्युनिस्ट पार्टीका सदस्यहरूको अनुभूति र भोगाइ हो ।

नेपाल र नेपालजस्ता देशमा फस्टाएको साम्यवादी राजनीतिको गुञ्जायस भनेको यहाँको गरीबी मात्रै हो । नेपाली जनताले यहाँका कम्युनिस्ट पार्टीहरूको पूर्ण लोकतान्त्रीकरण चाहेका हुन् । व्यवहारमा त्यस्तो देखिन खोजे पनि सिद्धान्ततः डेग चलेको पाइँदैन । अनि प्रजातान्त्रिक दर्शन र विचारलाई प्रतिनिधित्व गर्ने खेमा अर्थात् कांग्रेसको राजनीतिक अवस्था कस्तो छ त भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो । यस खेमाले पनि यस अवधिमा आफ्नो प्रतिष्ठालाई चौपट बनाएको छ । देशप्रतिको आफ्नो जिम्मेवारीको पूर्ण हेक्का राख्न सकेको छैन । संघर्षबाटै आएका नेताहरूले राष्ट्र र जनताप्रतिको आफ्नो मुख्य जिम्मेवारी भुलेका छन् । जनताको पीडा र दुःखलाई नजरअन्दाज गरेका छन् ।

योग्य र दक्ष जनशक्ति राष्ट्रको ठूलो सम्पत्ति हो । राजनीतिक दलहरूलाई समाजका प्रतिभावान, मेधावी र मेहनती युवा चाहिएको छैन । उमेरले युवा तर दास मनोवृत्ति भएका अनि नि:शर्त आफ्नो गीत गाउन तयार जमात भए पर्याप्त हुन्छ भन्ने मनोविज्ञान दलहरूमा देखिन्छ । यो समाज पतनको सर्वाधिक दु:खद् लक्षण हो । वैयक्तिक सार्वभौमसत्ता र विवेकलाई बन्धक राख्न तयार हुने तथाकथित युवा भए पुग्छ, यो नै सबैभन्दा ठूलो योग्यता राखिएको छ । यही तागतले आफूलाई उभ्याउने र सफल बनाउने विश्वास दलका नेताहरूको छ । देशको अवन्नतिको प्रमुख कारणमध्ये यो प्रमुख हो ।

राष्ट्र निर्माणको सूत्र र बाटो पहिल्याउन सक्ने अन्वेषणमुखी नयाँ पुस्ता समकालीन नेता र दलका निम्ति टाउको दुखाइ र ठूलो चुनौती हो । यसले त समाजलाई दिशाबोध गर्ने सामर्थ्य पो राख्छ । यो कुरा दलहरूले कहिले बुझ्ने ? तसर्थ मूलतः दलहरूले सबैभन्दा पहिले आफ्नो पुनर्जन्म गराउन सक्नुपर्छ । विकृतिको भारी बोकेर राष्ट्रको मूल जिम्मेवारी पूरा गर्न सकिँदैन ।

अर्को कुरा समाजको गहिराइमा दबिएर बसेका युवाहरूको खोजी गर्नुपर्छ । जोसँग क्षमता छ, लगन र आत्मविश्वास छ, त्यस्ता व्यक्ति अवसर नपाएर निष्क्रिय बसेका छन् । राज्यले भूमिका दिनुपर्दछ । एक प्रकारले भन्न सकिन्छ कि राज्यले प्रतिभाको खोजी गर्नुपर्दछ । के बुझ्नुपर्छ भने दलभित्रका जनशक्ति मात्र देश चलाउन पर्याप्त छैनन् ।

समुदायमा कांग्रेस अभियानका धेरै उद्देश्यमध्ये देशको भावी नेताको खोजीलाई पनि उद्देश्यमा समेट्नु पर्छ । 'रियालिटी सो'हरूले ट्यालेन्ट खोजेजस्तै दलहरूले स्वच्छ र जेहेन्दार नयाँ पुस्ताको खोजी किन नगर्ने ? यति गर्न सकियो भने मात्र अभियान सार्थक होला, अन्यथा सनातन कर्मकाण्डको पुनरावृत्ति मात्र हुनेछ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

x