२३ जेठ २०८३, शनिबार

जसपाले शुरू गर्‍यो श्रमिक सचेतना अभियान

माघ २५, २०८०
काठमाडौं
जसपाले शुरू गर्‍यो श्रमिक सचेतना अभियान

जनता समाजवादी पार्टी (जसपा) नेपालले वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा सचेतना अभियान शुरू गरेको छ । 

जसपाले वैदेशिक रोजगारसँग जोडिएका समग्र विषयमा नागरिकलाई जानकारी दिने तथा अन्यायमा परेकाहरुलाई आवश्यक परामर्श प्रदान गरी न्याय दिलाउने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट यस्तो सचेतना अभियान शुरू गरेको हो । 

वैदेशिक रोजगारीमा जाने नागरिकका लागि आवश्यक विषयमा जानकारी दिने र यसबाट उनीहरू ठगिनबाट बच्ने भएकाले यो अभियान थालिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयबाट अनुमति लिएर सो पार्टीले गत पुस २८ गतेदेखि हरेक शनिबार यो सचेतना कार्यक्रम गरिरहेको छ । यो अभियान आगामी चैत मसान्तसम्म सञ्चालन हुने जानकारी पनि उनले दिए ।  

सो पार्टीको भ्रातृ सङ्गठन स्वतन्त्र वैदेशिक स्वरोजार श्रमिक सङ्घको केन्द्रीय समितिको आयोजनामा उक्त सचेतना कार्यक्रम भइरहेको सो पार्टीले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिक ठगिने गरेका, उनीहरुलाई त्यहाँ पुग्दा आवश्यकपर्ने तालिम या अन्य परामर्श पनि दिने नगरिएको एवं रोजगारीका लागि विदेश जाने नागरिकलाई विमानस्थलको अध्यागमनमा पनि दुःख दिने गरिएको समाचारहरु निकै आएपछि पार्टीले यो अभियान थालेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्