२८ असार २०८३, आइतबार

नारायणी नदी किनारमा पहिलोपटक राष्ट्रिय चिया प्रदर्शनी

माघ २६, २०८०
चितवन
नारायणी नदी किनारमा पहिलोपटक राष्ट्रिय चिया प्रदर्शनी

राष्ट्रिय चिया तथा कफी बोर्डको आयोजनामा नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी तथा ‘टि टेस्टिङ’ गरिएको छ ।​

शनिवारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन सहयोग पुग्ने लक्ष्य लिइएको छ ।

कृषि तथा पशु विकासमन्त्री डा. वेदुराम भुषालले उक्त प्रदर्शनी शुभारम्भ गर्दै विगतमा देशको सम्बृद्धिका लागि कृषिमा जुन प्रकारको विकास गरिनुपर्थ्यो हुन नसके पनि अहिलेको सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएकाले केही हदसम्म विकास भएको बताए ।

बजारमा माग भएका खेतीमा ध्यान दिन आग्रह गर्दै उनले चिया पनि सोही खेती अन्तर्गत पर्ने बताए ।

चितवनमा पहिलोपटक आयोजना गरिएको प्रदर्शनीले चिया सेवनको विधि, चिया संस्कृतिको विकास र नेपाली चियाको आन्तरिक बजार प्रबर्द्धन हुने उद्देश्य लिइएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईका अनुसार नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउनाका साथै यसका फाइदाबारे जानकारी दिने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गरिएको हो ।

‘स्वदेशमा उत्पादित चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ चियाको प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा चिया उत्पादन हुने मुख्य जिल्ला झापा, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, ललितपुर, कास्कीदेखि पश्चिमसम्म उत्पादित चिया रहेको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्