१० साउन २०८३, आइतबार

माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा

माघ २६, २०८०
काठमाडौं
माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा

​नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरू भएको छ ।

फागुन १ गतेदेखि हुन लागेको विधान अधिवेशनको तयारीको लागि छलफल गर्न स्थायी कमिटीको बैठक शुरू भएको हो ।

बैठकले विधान मस्यौदा २०८० माथि छलफल गर्नेछ । लगातार दुई दिन स्थायी कमिटीको बैठकमा मस्यौदाबारे छलफल हुँदैछ । दुई दिन स्थायी कमिटी बैठक बसेपछि फेरि आइतबार र सोमबार केन्द्रीय कमिटीको बैठक बस्ने छ । 

बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्